हङकङमाथि नेपालको सानदार जित
काठमाडाैं | फागुन १५, २०७९
काठमाडौं: युएईमा जारी आइसिसी यू–१९ पुरुष विश्वकप क्रिकेटको एसिया छनोट प्रतियोगितामा नेपालले हङकङमाथि सानदार जित निकालेको छ ।
प्रतियोगितामा लगातार तेस्रो जित निकाल्ने क्रममा नेपालले सोमबार हङकङलाई नौ विकेटले हरायो । युएईस्थिति मलेका क्रिकेट मैदानमा हङकङले दिएको एक सय २१ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २२ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।
नेपालको जितमा आकाश त्रिपाटीले अर्धशतकीय पारी पूरा गर्नुभयो । उहाँले अविजित ५८ रन जोड्नुभयो । उत्तम थापाले अविजित ३९ र अर्जुन कुमाल १६ रन बनाउनुभयो ।
यसअघि पहिले ब्याटिङ गरेको हङकङले ४६.३ ओभरमा सबै विकेटको क्षतिमा एक सय २० रन बनाएको थियो । हङकङका लागि पर्थ भागवात ३६ रन बनाउनुभयो । मोहम्मद जाहिरले २९ र अहान त्रिवेदीले ११ रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
बलिङमा नेपालका हेमन्त धामीले तीन विकेट लिनुभयो । आकाश चन्द र सुवास भण्डारीले दुई दुई तथा दीपेश कँडेलले एक विकेट झार्नुभयो । नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६ रन र दोस्रो खेलमा कुवेतलाई दुई सय ४३ रनले हराएको थियो ।
नेपालले अर्को खेल मंगलबार मलेसिया र अन्तिम खेल बुधबार युएईसँग खेल्नेछ । छनोट खेलमा आयोजक युएईसहित नेपाल, हङकङ, कुवेत, मलेसिया र सिंगापुर सहभागी छन् ।
प्रतियोगिताको शीर्षस्थानमा रहने टोलीले सन् २०२४ मा श्रीलङ्कामा आयोजना हुने यू–१९ विश्वकपमा स्थान बनाउनेछ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

